मंगलबार, चैत १०, २०८२

वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी शृंखला भारतलाई

भारतले घरेलु मैदानमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट शृंखला जितेको छ।
 |  बिहीबार, मंसिर २६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २६, २०७६

काठमाडौं– भारतले घरेलु मैदानमा सम्पन्न वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट शृंखला जितेको छ।

National life

मुम्बईको वाङखडे स्टेडियममा बुधबार भएको शृंखलाको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ६७ रनले हराउँदै भारतले २–१ ले शृंखला जितेको हो।

२ सय ४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका लागि क्यारन पोलार्डले सर्वाधिक ६८ रन बनाए। यस्तै, सिम्रन हिटमायरले ४१ रनको योगदान दिए।

बलिङतर्फ भारतका दीपक चहर, भुवनेश्वर कुमार, मोहम्मद सामी र कुलदीप यादवले समान २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ९१ रन बनाए। यस्तै, रोहित शर्माले ७१ रनको योगदान दिए। कप्तान विराट कोहलीले भने अविजित रहँदै ७० रन बनाए।

Laxmi sunrise bank
kumari

बलिङतर्फ वेस्ट इन्डिजका क्यारोन पोलार्ड, सेल्डोन कटरेल र केसरिक विलियम्सले समान एक विकेट लिए।

शृंखलाकाे पहिलो खेल भारतले जित्दा दोस्रो खेलमा वेस्ट इन्जिज विजयी भएको थियो।

वेस्ट इन्डिजले भारतमा तीन खेलको एकदिवसीय क्रिकेट शृंखला पनि खेल्नेछ।

एजेन्सी

 

प्रकाशित: Dec 12, 2019| 03:32 बिहीबार, मंसिर २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।