बुधबार, असार ३१, २०८३

पीपीएलको खेल तालिका सार्वजनिक (तालिकासहित)

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ।
 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को खेल तालिका सार्वजनिक भएको छ। आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्धघाटन खेलमा शरद भेष्वाकर कप्तान रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने भएको छ।

मंसिर २८ देखि पुष १२ सम्म पोखरा रंगशालमा हुने पीपीएलमा कुल १७ खेल हुने छन्। प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन्। लिग सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ।

लिग चरण पछि शीर्ष टोली स्वतः फाइनलमा पुग्ने छ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेल्नु पर्ने समिकरण छ। पुछारमा रहने तीन टोली लिग चरणबाटै बाहिरने छन्। गत वर्ष फाइनलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो।

पीपीएलमा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजको सहभागिता रहेको छ।

हेर्नुस् खेल तालिका

No photo description available.

प्रकाशित: Dec 11, 2019| 11:09 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।