बुधबार, असार ३१, २०८३

सागका स्वर्ण पदक विजेतालाई ९ लाख पुरस्कार

 |  बुधबार, मंसिर २५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २५, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै सम्पन्न १३ औं सागका पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन्। स्वर्ण पदक विजेतलाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा उनले गरेका हुन्।

एक भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई ११ लाख प्रदान गरिने छ। चार स्वर्ण जितेकी पौडी खेलाडी गौरिका सिंहसहित ४ खेलाडीले ११ लाख पाउने भएका छन्। यस्तै टिम गेममा स्वर्ण ल्याउने खेलाडीलाई जनही ५ लाख दिइने भएको छ।

नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २०६ पदक जित्दै दाेस्रो बनेको थियो।

प्रकाशित: Dec 11, 2019| 10:18 बुधबार, मंसिर २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।