बुधबार, असार ३१, २०८३

सागको सफलतामा प्रधानमन्त्री खुसी

प्रधानमन्त्री केपी शर्मा ओलीले हतारका बीच निर्माण भएका संरचनामासमेत सफलताका साथ १३ औं साग सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हतारका बीच निर्माण भएका संरचनामासमेत सफलताका साथ १३ औं साग सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्।

अस्वस्थाका कारण सागको समापन समारोहमा उपस्थित हुन नसकेपछि पठाएको भिडिओ सन्देशमा उनले साग खेलकुद सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण खेल पदाधिकारी, सुरक्षाकर्मी, खेलाडी तथा दर्शकलाईसमेत धन्यवाद ज्ञापन गरे।

‘हतारमा निर्माण गरिएका संरचनामा आज साग खेलकुद सफलताका साथ सम्पन्न भएको छ। यो खुसीको कुरा हो। सागलाई सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद।’ ओलीले भने।

उनले नेपाली खेलाडीलेप्रतियोगितामा गरेको प्रदर्शन उत्कृष्ट रहेको बताए। सागले दक्षिण एसियाली मुलुकहरुकाबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गरेको  भन्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण देशका सरकार, खेल पदाधिकारी तथा खेलाडीलाई धन्यवाद दिए।

प्रधानमन्त्री ओलीले बुधबार विशेष सम्बोधनमार्फत खेलाडीलाई विशेष प्याकेजकोसमेत घोषणा गर्ने भएका छन्।

प्रकाशित: Dec 10, 2019| 12:49 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।