बुधबार, असार ३१, २०८३

भुटानलाई हराउँदै नेपालले चुम्यो पुरुष फुटबलमा स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा स्वर्ण जितेको हो।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण नेपालले चुमेको छ। मंगलबार स्वर्णका लागि भएको प्रतिष्पर्धामा नेपालको यू-२३ ले भुटानलाई २-१ ले पराजित गर्दै चौथो पल्ट साग पुरुष फुटबलमा स्वर्ण जितेको हो।

नेपाल अपराजित रहँदै साग फुटबलको फाइनल पुगेको थियो। नेपालको जितमा अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भुटानका लागि एकमात्रै गोल कप्तान चेन्चो ग्याल्सेनले गरे।

खेलमा अग्रता नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत लिएको थियो। अभिषेकले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको बलले पोष्टको जाली चुम्न पुगेको थियो। उनले विकास खवासको लामो थ्रोलाई गोलमा परिणत गरेका थिए। तर भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफमा अग्रता बनाउनबाट नेपाल चुकेको थियो।

त्यसपछि दोस्रो हाफमा आक्रामक देखिएको नेपालले थप एक गोल थप्यो। नेपालका लागि सुनिल बलले खेलको ५३औं मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरे। प्रतियोगितामा भुटानले उत्कृष्ट खेल प्रदर्शन गरेपनि फाइनलमा नेपालसँग पाएका केही अवसर गुमाउन पुग्दा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने अवसरबाट चुक्न पुग्यो। तर भुटानले सागको फुटबलमा फाइनल पुगेर इतिहास भने कोरिसकेको छ। यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाइनल पुगेको थियो।

पहिलो खेलमा नेपालले भुटानलाई ४-०, दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी, तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोलले हराएको थियो। अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो। भुटानले पहिलो खेलमा बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपालसंग ४-० ले पराजित भएको थियो। तेस्रो खेलमा माल्दिभ्सलाई २-१ ले हराएको भुटानले लिगको अन्तिम खेलमा श्रीलंकालाई ३-१ ले हराएको थियो।

प्रकाशित: Dec 10, 2019| 11:09 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।