बिहीबार, असार ३२, २०८३

पहिलो हाफमा नेपाल र भुटानको बराबरी

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा भइरहेको छ। पहिलो हाफको खेल सकिँदासम्म दुबै टोलीले एक-एक गोलको बराबरी खेलेका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा भइरहेको छ। पहिलो हाफको खेल सकिँदासम्म दुबै टोलीले एक-एक गोलको बराबरी खेलेका छन्।

खेलमा अग्रता नेपालले १६औं मिनेटमा अभिषेक रिजालको गोलमार्फत लिएको थियो। अभिषेकले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको बलले पोष्टको जाली चुम्न पुगेको थियो। उनले विकास खवासको लामो थ्रोलाई गोलमा परिणत गरेका थिए। तर भुटानका कप्तान चेन्चो ग्याल्सेनले ३६ औं मिनेटमा बराबरी गोल फर्काएपछि पहिलो हाफमा अग्रता बनाउनबाट नेपाल चुकेको छ।

खेलमा दुबै टोलीले गोलका लागि केही सुन्दर अवसर सिर्जना गरेपनि थप गोल भने हुन सकेन।

प्रकाशित: Dec 10, 2019| 10:03 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।