बिहीबार, असार ३२, २०८३

फुटबलको फाइनल हेर्न दर्शक उत्साहित (फोटो फिचर)

फुटबलको फाइनल खेल हेर्न दर्शकहरू रंगशाला प्रवेश गर्ने क्रम सुरु भएको छ। घरेलु टोलीले फाइनल खेल्न लागेकाले दर्शक फुटबल हेर्न उत्साहित देखिन्छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिन आज पुरुष फुटबलको फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने फाइनलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्।

फुटबलको फाइनल खेल हेर्न दर्शकहरू रंगशाला प्रवेश गर्ने क्रम सुरु भएको छ। घरेलु टोलीले फाइनल खेल्न लागेकाले दर्शक फुटबल हेर्न उत्साहित देखिन्छन्। दर्शकले घरेलु टोलीलाई समर्थन गर्न अनुहारमा नेपाली झण्डा कोरिरहेका छन्। कतिपयले नेपाली झण्डा बोकेर ल्याएका छन्।

नेपाल र भुटान क्रमशः समूहको पहिलो र दोस्रो हुँदै फाइनल खेल्न लागेका हुन्। यसअघि समूह चरण्को खेलमा नेपालले भुटानलाई ४–०ले पराजित गरेको थियो।

उक्त खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेकाले फाइनल खेल नेपालले जित्नेमा दर्शक आशावादी छन्।

 

 

 

 

 

प्रकाशित: Dec 10, 2019| 07:38 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।