शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • चाैथाेपटक विजेता बन्‍ने लक्ष्यमा मैदान प्रवेश गर्दै नेपाली फुटबल टोली

चाैथाेपटक विजेता बन्‍ने लक्ष्यमा मैदान प्रवेश गर्दै नेपाली फुटबल टोली

जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पुरुष फुटबलको फाइनल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा स्वर्ण पदकका लागि नेपाल र भुटान भिड्दैछन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं- जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पुरुष फुटबलको फाइनल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा स्वर्ण पदकका लागि नेपाल र भुटान भिड्दैछन्।

स्वर्ण पदकका लागि नेपाल भुटानसँग भिड्न लागेको हुनाले दर्शकको चाप निकै हुनेछ रंगशालामा। सागको टिकट बिक्री तथा व्यवस्थापन गरेको ई–सेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट बिक्री भएका छन्।

मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरू हुनुभन्दा आधा घण्टा अगाडि नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने ई–सेवाले जनाएको छ।

समापन समारोह तथा फुटबल फाइनल खेल हेर्न जाने टिकट काटेका दर्शकले त्रिपुरेश्वरतर्फको नभई सहिद गेटनेरको नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट प्रवेश गर्नुपर्ने प्रहरीले जानकारी दिएको छ। सवारीसाधन भने काठमाडौंं मल अगाडिको टुँडिखेलमा पार्किङ गर्नुपर्नेछ।

खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। यसअघि समूह चरणमा भुटानलाई नेपालले ४–० गोलले हराएको थियो। जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो। भुटानले भने नेपालसँग बाहेक सबै खेलमा जित निकालेको छ।

नेपाल साग फुटबलमा साविक विजेता पनि हो। आजको खेल जिते साग इतिहासमा फुटबलतर्फ चाैथाे विजेता हुनेछ नेपाल। नेपालले यसअघि सन्  १९८४, १९९३ र २०१६ को साफमा फुटबलतर्फ स्वर्ण जितेको थियो।

भुटान भने साग इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो।

प्रकाशित: Dec 10, 2019| 04:00 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।