बिहीबार, असार ३२, २०८३

सागको समापन आज, ५ खेलमा प्रतिस्पर्धा हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (मंगलबार) सम्पन्न हुँदैछ। सागकाे अन्तिम दिन आज ५ खेलमा प्रतिस्पर्धा हुँदैछ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज (मंगलबार) सम्पन्न हुँदैछ। सागकाे अन्तिम दिन आज ५ खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागअन्तर्गत आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वासमा प्रतिस्पर्धा हुँदैछ। पुरुष फुटबलको फाइनलमा आज दिउँसो ३ बजे दशरथ रंगशालामा नेपाल र भुटान भिड्दैछन्।

पुरुष बास्केटबलको फाइनलमा भने भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित कभर्ड हलमा दिउँसो १ बजे हुँदैछ। महिला बास्केटबलको फाइनलमा भने नेपाल र भारत दिउँसो ३ः३० मा आमनेसामने हुँदैछन्।

यस्तै, महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलमा नेपाल र बंगलादेशबीच कास्य पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

बक्सिङमा दिउँसो १ बजेदेखि ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। जुडोमा १ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।

स्क्वासको महिला र पुरुष दुवै टिम स्पर्धाको फाइनल खेल हुँदैछ। जसमा पाकिस्तान र भारत आमनेसामने छन्। पुरुषतर्फ कास्य पदकका लागि नेपाल र बंगलादेश र महिलातर्फ श्रीलंका र नेपाल प्रतिस्पर्धा गर्दैछन्।

राससका अनुसार सागको नवौं दिनसम्म भारतले १४३ स्वर्णसहित अग्रता बनाएको छ। यस्तै, नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ।

सागको समापन समारोह साँझ ५ बजेपछि सुरु हुनेछ। समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

 

प्रकाशित: Dec 10, 2019| 01:56 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।