बिहीबार, असार ३२, २०८३

पुरुष क्रिकेटमा बंगलादेशले जित्यो स्वर्ण

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ। सोमबार भएको फाइनलमा श्रीलंकाको यू–२३ टिमलाई सात विकेटले पराजित गर्दै बंगलादेश यू–२३ टिमले स्वर्ण जितेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय २३ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभर एक बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

कप्तान नाजमुल होसेन सान्तोले सर्वाधिक अविजित ३५ रन बनाए। यस्तै सैफ हसनले ३३ रन, सौम्या सरकारले २७, यासिर अलिले १९ र आफिफ होसेनले अविजित ५ रन बनाए।

श्रीलंकाका कामिन्दु मेण्डिस सचिन्दु चोलोम्बाजले समान १–१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २२ रन बनायो । उसका शम्मु अशानले २५ रन बनाए । यस्तै पथुम निस्सान्काले २२ तथा निशान फर्नान्डोले १६ रनको योगदान गरे।

बंगलादेशका हसन महमुदले ३ तथा तान्भिर इस्लामले २ विकेट हात पारे । पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात पारेको छ। सोमबार बिहान नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य पदक हात पारेको हो।

प्रकाशित: Dec 09, 2019| 11:35 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।