बिहीबार, असार ३२, २०८३

पुरुष क्रिकेटमा नेपाललाई कास्य

१३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार कास्य पदकका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई पाँच विकेटले पराजित गर्दै कास्य जितेको हो।

९५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले २३ बलअगावै लक्ष्य पूरा गर्यो। नेपाललाई जित दिलाउन आरिफ शेखले सर्वाधिक ३२ रन जोडे। आफ्नो पारीमा २८ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ र विनोद भण्डारीले १२ रन जोडे। यसैगरी रोहित पौडेल र पवन शर्राफले अविजित रहँदै क्रमशः १५ र १० रन बनाए। पारस खड्का ३ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए।

बलिङतर्फ माल्दिभ्सका उमर आदमले सर्वाधिक ३ विकेट लिँदा लिम साफिगको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो।

माल्दिभ्सका लागि लिम साफिगले अविजित रहँदै १९ रन बनाए। यस्तै, मोहम्मद रिजवानले १७, मोहम्मद महफुजले १६, अमिल मौरुफले १३ र उमर आदमले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। यस्तै, सुशान भारीले २ तथा पारस खड्काले १ विकेट लिए। माल्दिभ्सका तीन खेलाडी रनआउट भए।

समूह चरणमा तेस्रो र चौथो हुने टिमले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणमा दुई खेल जित्दै ४ अंकका साथ तेस्रो भएको थियो भने माल्दिभ्स २ अंकका साथ चौथो भएको थियो।

प्रतियोगिताअन्तर्गत स्वर्ण पदकका लागि आजै श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा श्रीलंका र बंगलादेश क्रमशः पहिलो र दोस्रो हुँदै स्वर्णका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह चरणका ४ खेल जित्दै श्रीलंका ८ अंकका साथ शीर्ष स्थानमा रहँदा ३ खेल जितेको बंगलादेश दोस्रो भयो। 

प्रतियोगितामा श्रीलंका, बंगलादेश गरी नेपाल, माल्दिभ्स र भुटान सहभागी थिए। प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिम सहभागी थिए।

प्रकाशित: Dec 09, 2019| 07:03 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।