मंगलबार, चैत १०, २०८२

साग सकिन २ दिन बाँकी हुँदा कुन देशले कति पदक जिते ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) सकिन २ दिन बाँकी छदा २४७ स्वर्ण पदकसहित ८२४ पदकको छिनोफानो भएको छ ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) सकिन २ दिन बाँकी छदा २४७ स्वर्ण पदकसहित ८२४ पदकको छिनोफानो भएको छ ।

National life

आइतबारसम्मको खेल सकिदा भारत पहिलो स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । श्रीलंका तेस्रो, पाकिस्तान चौथो, बंगलादेश पाँचौ, माल्दिभ्स छैटौँ र स्वर्ण पदक बिहिन बनेको भुटान सबैभन्दा पुछारमा छ ।

भारतले अहिलेसम्म १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।

Laxmi sunrise bank
kumari

यस्तो छ साग पदक तालिका

     देश   स्वर्ण   कास्य   रजत   जम्मा
   भारत     १३१   ७७   ४०   २४८
   नेपाल      ४५   ४४    ७५   १६४
   श्रीलङ्का      ३४    ६६    ९३   १९३
   पाकिस्तान        २८   ३४   ४३   १०५
   बङ्गलादेश      ८   २८    ६६     १०२
   माल्दिभ्स        १   ०   २    ३
   भूटान       ०   ०   ९     ९

 

 

प्रकाशित: Dec 09, 2019| 05:36 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।