बिहीबार, असार ३२, २०८३

टी–२० क्रिकेटमा कोहलीले बनाए विश्व कीर्तिमान

भारतीय कप्तान विराट कोहलीले टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– भारतीय कप्तान विराट कोहलीले टी–२० क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान कायम गरेका छन्।

भारतमा आइतबार सम्पन्न वेस्ट इन्डिजविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १९ रन बनाएसँगै उनले यो कीर्तिमान कायम गरेका हुन्। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५६३ रन बनाएका छन्।

यसअघि यो कीर्तिमान भारतका ‘हिटम्यान’ रोहित शर्माको नाममा थियो। उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २५६२ रन जोडेका छन्। आइतबार वेस्ट इन्डिजविरुद्धको खेलमा शर्माले १५ रन बनाएका थिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा तेस्रोमा न्युजिल्यान्डका मार्टिन गुप्टिल छन्। उनले टी–२० मा २४३६ रन बनाएका छन्।

प्रकाशित: Dec 09, 2019| 03:13 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।