शुक्रबार, साउन १, २०८३

महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा आज

१३ औं सागअन्तर्गत महिला फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भारत आज प्रतिस्पर्धा गर्दैछन्।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं सागअन्तर्गत महिला फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भारत आज प्रतिस्पर्धा गर्दैछन्। खेल पोखरा रंगशालामा हुँदैछ।

घरेलु टोलीको समर्थन पाएको नेपाललाई स्वर्ण जित्ने अवसर छ। त्यसैले नेपाल जसरी पनि खेल जित्ने रणनीतिमा छ।

उता भारतको दाबेदारी पनि बलियो देखिएको छ। समूह चरणको खेलमा नेपाललाई पराजित गरेकाले भारतको मनोबल उच्च देखिन्छ। समूह चरणमा भारतले नेपाललाई १–० ले पराजित गरेको थियो।

प्रतियोगिताअन्तर्गत नेपाल समूह उपविजेता र भारत विजेताका रूपमा फाइनल पुगेका हुन्।

समूह चरणमा नेपालले माल्दिभ्सलाई ३–० र श्रीलंकालाई १–० ले पराजित गरेको थियो। उता भारतले माल्दिभ्सलाई ५–० र श्रीलंकालाई ६–० ले हराएको थियो।

प्रतियोगितामा माल्दिभ्सले कास्य जितिसकेको छ। उसले श्रीलंकालाई पराजित गर्दै कास्य जितेको हो।

पुरुष फुटबलको फाइनल भने मंगलबार हुनेछ। जसमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: Dec 09, 2019| 02:38 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।