बिहीबार, असार ३२, २०८३

महिला फुटबलकाे फाइनलसहित सागमा आज १३ खेल हुँदै

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन आज (सोमबार) १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।
 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन आज (सोमबार) १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।

जसअन्तर्गत आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, कबड्डी, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ। यीमध्ये महिला फुटबल र आर्चरी पोखरामा र कुस्ती जनकपुरमा हुनेछ । बाँकी खेल भने काठमाडौंमा हुनेछन्।

प्रतियोगिताको आठौं दिनका खेल सकिँदा २५१ स्वर्णको छिनोफानो भइसकेको छ। अब ६६ स्वर्णको टुंगो लाग्न बाँकी छ।

प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

अहिलेसम्म भारत १३२ स्वर्णसहित शीर्ष स्थानमा छ। नेपाल ४५ स्वर्णसहित दोस्रो हुँदा श्रीलंकाले ३६ स्वर्ण जितेर नेपाललाई पछ्याइरहेको छ।
यस्तै, पाकिस्तान २९, बंगलादेश ८ र माल्दिभ्सले १ स्वर्ण जितेका छन्। भुटानले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।

 

प्रकाशित: Dec 09, 2019| 02:01 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।