बिहीबार, असार ३२, २०८३

साग फुटबल : नेपाल फाइनल प्रवेश, बंगलादेश १–० ले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलमा बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत पुरुष फुटबलमा बंगलादेशविरुद्ध जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशविरुद्ध १–० गोलको जित निकालेको हो।

नेपालका लागि सुनिल बलले खेलको ११ औं मिनेटमा गोल गरेका थिए।

उनले कप्तान सुजल श्रेष्ठको पासमा गोल गरेका हुन्।

नेपालले अब स्वर्ण पदकका लागि पर्सि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Dec 08, 2019| 13:06 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।