आइतबार, चैत ८, २०८२

देशमा आर्थिक अपराध बढ्यो : पोखरेल

 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

National life
Laxmi sunrise bank
kumari

भैरहवा– सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले देशमा आर्थिक अपराध बढेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरेलले वर्तमान सरकारको अगाडि सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार नियन्त्रण गर्नु रहेको बताए ।

उनले भने, ‘पुँजीवादी तत्वहरुले नेकपा नेतृत्वको सरकारलाई सहज रुपमा स्वीकारेका छैनन् । उनीहरुले विभिन्न आर्थिक प्रभोलनमा पारेर सरकारी मान्छे, सरकारका प्रतिनिधिलाई फसाउन चाहन्छन् । यसबाट सरकार, सरकारका प्रतिनिधि बच्नुपर्छ । सिंंगो पार्टी पनि भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नुपर्छ।’

नेता पोखरेलले पुँजीवादीहरुले निर्वाचनलाई पनि महँगो बनाएको आरोप लगाए । उनले आर्थिक अपराध बढ्दै गएको भन्दै तत्काल नियन्त्रण गर्न राज्यले एउटा संयन्त्र बनाउनु जरुरी रहेको बताए ।

प्रकाशित: Dec 08, 2019| 10:29 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।