शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला क्रिकेटमा बंगलादेशद्वारा श्रीलंकासामु ९२ रनको लक्ष्य प्रस्तुत

महिला क्रिकेटमा बंगलादेशद्वारा श्रीलंकासामु ९२ रनको लक्ष्य प्रस्तुत

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटको फाइनलमा बंगलादेशले श्रीलंकासामु ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटको फाइनलमा बंगलादेशले श्रीलंकासामु ९२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९१ रन जोड्यो।

बंगलादेशका लागि निगर सुल्तानाले अविजित रहँदै २९ रन जोडिन्। यस्तै, सन्जिदा इस्लाम र फहिमा खातुनले समान १५ रन जोड्दा मुरसिधा खातुनले १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ श्रीलंकाकी उमेशा थिमासिनीले सर्वाधिक चार विकेट लिइन्। यस्तै, सत्या सन्दीपानी, कविशा दिलहारी, माल्सा रनथुंगा र थारिका सेववान्डीले समान एक विकेट लिए।

श्रीलंकाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।

खेल जित्ने टिमले स्वर्ण जित्नेछ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई हराउँदै कास्य जितिसकेको छ।

प्रतियोगितामा टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशसहित नेपाल र माल्दिभ्सले सहभागिता जनाएका थिए। प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिम सहभागी थिए।

प्रकाशित: Dec 08, 2019| 06:53 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।