मंगलबार, चैत १०, २०८२

तेह्रौँ साग : स्वर्णसहित कुन देशले कति पदक जिते ?

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ।

National life

शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ भएको छ।

अहिलेसम्म एउटा पनि स्वर्ण पदक जित्न नसकेको भूटान छ कास्यसहित पदक तालिकाको पुछारमा छ।

यस्तै नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको छ। नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका हुन्।

Laxmi sunrise bank
kumari

नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए।

यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेकी छिन् । उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरिन्। सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो।

 

यस्ताे छ साग पदक तालिका

देश           स्वर्ण      कास्य      रजत     जम्मा

भारत          १०६         ६९         ३५          २१०
नेपाल         ४३           ३३         ६२          १३८
श्रीलङ्का      ३०           ५४         ८३          १६७
पाकिस्तान    २१           १८         ३४         ८३
बङ्गलादेश    ७             २२        ५४          ८३
माल्दिभ्स     १             ०          २           ३
भूटान         ०             ०           ६           ६

प्रकाशित: Dec 08, 2019| 02:02 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।