बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पुरुष फुटबलमा नेपालको दोस्रो जित, फाइनल प्रवेशको सम्भावना बलियो

पुरुष फुटबलमा नेपालको दोस्रो जित, फाइनल प्रवेशको सम्भावना बलियो

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले दोस्रो जित निकालेको छ।

राजधानीको दशरथ रंगशालामा शनिबार प्रतियोगिताको दोस्रो जित निकाल्ने क्रममा नेपालले माल्दिभ्समाथि २–१को जित निकाल्यो ।

खेलको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदी हुसैनले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए। अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका थिए।

त्यसपछि खेलको ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो भएको छ। माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ।

३ खेलमा ७ अंक जोडेको नेपालले तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतियोगिताअन्तर्गत शीर्ष दुई टिम फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Dec 07, 2019| 09:53 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।