शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • श्रृंखला
  • अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।
 |  शुक्रबार, भदौ १८, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- सैनिक विशेष अदालतले सर्ट मेसिन गन (एसएमजी) चोरीको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिक अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष ठहर गर्दै तत्काल रिहा गर्न आदेश दिएको छ। 

triton college

सैनिक विशेष अदालतको पाटन उच्च अदालतका न्यायाधीश सैनिक विशेष अदालतका अध्यक्ष लोहितचन्द्र शाह, नेपाली सेनाका कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापा र रक्षासचिव बेगेन्द्रराज शर्माको बिहीबार बसेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। सैनिक विशेष अदालतको आदेशअनुसारको पत्र चिवन जिल्ला कारागारमा पठाउने तयारी भइरहेको सैनिक मुख्यालयले जानकारी दिएको छ। मुख्यालयबाट पठाइएको पत्र प्राप्त भएपछि चितवन कारागारले उनीहरूलाई रिहा गर्नेछ। 

'हतियार चोरीको मुद्दामा सैनिक समरी जनरल अदालतले कैद सजाय सुनाएका सरोज तामाङ र लबकुमार गुरुङलाई रिहा गर्न आदेश भएको छ,' सैनिकद्वय तामाङ र गुरुङका पक्षबाट सैनिक विशेष अदालतमा बहस गरेका अधिवक्ता सोमनाथ ढुंगानाले भने, 'अब फैसलासहितको पत्र सैनिक मुख्यालयले चितवन जिल्ला कारागारमा पठाउँछ। अनि उनीहरू रिहा हुन्छ। 

बिहीबार भएको फैसला शुक्रबार सुनाइएको हो। सैनिकद्वयबाट हतियार चोरीको आरोपमा कसुर नपुग्ने भन्दै गरिएको फैसलामा उनीहरूले हतियारको सुरक्षा गर्न नसकेकोसमेत ठहर गरिएको छ। उक्त आरोपमा उनीहरूलाई तीन वर्ष बढुवा रोक्का गर्ने समेत आदेश दिइएको छ। 'अढाई वर्षदेखि हिरासत र जेलमा रहेका सैनिकलाई तीन वर्ष बढुवा रोक्का गर्न भएको आदेशप्रति भने हामी खुशी छैनौँ,' अधिवक्ता ढुंगानाले भने।

सेनाले यसअघि सैनिक समरीले गरेको फैसला पनि गलत थिएन भन्ने देखाउनका लागि उनीहरूलाई पनि गनको सुरक्षा गर्न नसकेको भन्दै दोषी ठहर भएको हुन सक्ने पीडितका परिवारले शंका व्यक्त गरेका छन्। 

corrent noodles
Metro Mart

लबकुमार र सरोजले चोरेको भनिएको हतियार नै साउन ७ गते चितवनमा भएको सैनिक भरत गुरुङको हत्यामा संलग्न सिपाही गंगाधर ढकालको साथबाट बरामद भएपछि साढे दुई वर्षदेखि जेलमा रहेका सैनिकद्वय गुरुङ र तामाङ निर्दोष ठहर भएका हुन्। उनीहरूलाई अनाहकमा फसाइएको घटनाबारे नेपाल समयले 'गन'ले अन्याय, 'गन'ले न्याय सिरिजमा निरन्तर समाचार प्रकाशन गर्दै आएपछि सैनिक मुख्यालयले यो विषय टुंग्याउन चासो देखाएको थियो। 

हतियार गंगाधरले चोरेको पुष्टि भएपछि सैनिक वृत्तमा पनि यो घटनाले तरंग ल्याएको थियो। सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनु पर्ने भएता पनि सैनिक विशेष अदालतले २८ महिनादेखि अल्झाएर राखेको लबकुमार र सरोजको यो मुद्दामाथि दुई साताअघि अकस्मात् पेसी तोकिएको थियो। तर, उक्त इजलासले फाइल झिकाउन मात्रै आदेश दिएको थियो। बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो। 

झुठो अभियोगमा दुई सैनिकले जेल सजाय भोगिरहेकोबारे नेपाल समयले शृंखलाबद्ध रूपमा समाचार प्रकाशन गरेपछि सैनिक मुख्यालयले हतियार प्रकारणबारे अनुसन्धानका गर्न एक छानबिन टोली चितवन पठाएको थियो। छानबिन टोलीको प्रतिवेदनले पनि लबकुमार–सरोजलाई निर्दोष देखाउँदै गंगाधरलाई नै दोषी देखाएको थियो। 

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो। 

गंगाधर ढकालका साथमा भेटिएको १००७९२ बडी नम्बरको 'गन' साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको थियो। उक्त 'गन' चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई चार महिना सैनिक हिरासतमा राखेर यातना दिइएको थियो। यातनापछि कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।

सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी ०७५ चैत २५ गते उदयपुर, गाइघाटका सैनिक अमल्दार लबकुमार गुरुङलाई १० वर्ष र र मोरङ सुन्दरहरैँचाका सैनिक जवान सरोज तामाङलाई ७ वर्षको कैद सजाय सुनाएको सैनिक जनरल समरी अदालतको फैसलामा उल्लेख छ। त्यतिबेला सहायक रथी, सहदेव खड्का सैनिक जनरल समरी अदालतका अध्यक्ष थिए। 

समरी अदालतले 'गन' चोरीको झुठो आरोप सदर गर्दै आफूहरूलाई कैद सजायको फैसला सुनाएपछि ०७६ वैशाख ६ गते गुरुङ र तामाङले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए। तर, करिब २८ महिनासम्म सैनिक विशेषले कुनै पनि सुनुवाइ गरेन। यही क्रममा जब उनीहरुले चोरेको भनिएको हतियार गंगाधरले चोरेको पुष्टि भयो, त्यसपछि यो खबरले सैनिकवृत्तमा हलचल मच्चाएको हो। 

हामीले यसअघि शृंखलाको दोश्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौँ, जहाँ उनले आफूहरूलाई सैनिक हिरासतमा चार महिना चरम यातना दिइएपछि जबर्जस्ती हतियार चोरेको कबुल गर्न बाध्य बनाइएको बताएका थिए। 

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्यासँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी २०७५ साल पुसमा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारेका छन्। 

सैनिक जनरल समरी अदालतले 'गन' चोरीको मुद्दामा सुनाएको फैसला चित्त नबुझेपछि गुरूङ र तामाङले सैनिक विशेष अदालतमा ०७६ वैशाख ०६ गते पुनरावेदन चढाएका थिए। निर्दोष हुँदाहुँदै पनि सैनिकद्वयलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई चरम शारीरिक र मानसिक यातनाको वृत्तान्त हामीले यसअघिका शृखंलामा प्रकाशन गरेका छौं। 

जिल्ला प्रहरी कार्यालय चितवनले सैनिक भरत गुरुङको हत्या मुद्दामा अनुसन्धान टुंग्याएर सरकारी वकिलको कार्यलयमार्फत् जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेको गंगाधर ढकालमाथि कर्तव्य ज्यान, अवैध रुपमा हातहतियार राखेको तथा चोरी गरेको अभियोगमा मुद्दा दायर भएको थियो।

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्यासँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी २०७५ साल पुसमा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारेका छन्। 

हतियार चोरीमा संलग्न रहेको अरोपमा पक्राउ परेका सैनिक ढकालसहित मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश गरेको थियो। त्यसपछि सैनिक अदालतमा उक्त मुद्दाको कोर्ट मार्सल चलिरहेको थियो।

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको बाह्रौँ भाग













    साढे दुई वर्षअघि दुई सैनिकलाई सर्ट मेसिन गन (एसएमजी) चोरेको अभियोगमा फसाउने सेनाको योजनामा प्रहरीले पनि साथ दिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन एसपी चन्द्रदेव राई र चितवनका तत्कालीन एसपी सुशीलसिंह राठौरले सेनाको दबाब र प्रभावमा परेर सैनिक अमल्दार लबकुमार गुरुङको परिवारलाई यातना दिएको पाइएको हो।....

    शृंखलाको एघारौँ भाग

    दुई सैनिक फसाउने अनुसन्धानका दोषी को? सेनाभित्र क-कसलाई होला कारबाही?








    ०७५ पुस ०४ गते कालीबहादुर गणमा एसएमजी हराएको थाहा भएपछि सैनिक मुख्यालयले १७ पुसमा  ७ नम्बर बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी राजेन्द्रमणि गिरीको अध्यक्षतामा तीन सदस्यीय 'कोर्ट अफ इन्क्वायरी' गठन गरेको थियो, जसको सदस्यमा तत्कालीन प्रमुख सेनानी हरिशरण अधिकारी र तत्कालीन मेजर प्रेम गिरी थिए।...

    शृंखलाको दसौँ भाग

    दुई निर्दोष सैनिकलाई न्यायको बाटो, फाइल झिकाउन अदालतको आदेश




    सैनिकद्वय अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङको सम्पत्ति कसुरसम्बन्धी मुद्दामा सैनिक विशेष अदालतले फाइल झिकाउन आदेश दिएको छ। एसएमजी ‘गन’ चोरी गरेको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका गुरुङ र तामाङको मुद्दामाथि बिहीबार अग्राधिकारमा राखेर तोकिएको पेशीले यही मुद्दासँग सम्बन्ध रहेका गंगाधर ढकाल, तारा तामाङ र टाइचिन भनिने पवन गुरुङको फाइल झिकाउन आदेश दिएको हो। ...

    शृंखलाको नवौं भाग

    दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?




    एसएमजी गन चोरी गरेको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय भोगिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दालाई सैनिक विशेष अदालतले अग्राधिकारमा राख्दै बिहीबारका लागि पेसी तोकेको छ। गुरुङ र तामाङले चोरेको भनिएको गन अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो।...

    शृंखलाको आठौँ भाग

    दुई निर्दोष सैनिकका लागि न्यायको ढोका खोल्ने चाबी बन्दैछ गंगाधरको यो बयान



    मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन। (गंगाधर ढकालको बयान)…

    शृंखलाको सातौं भाग

    जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?



    जुन गनको प्रयोग गरेर गंगाधरले आफ्नै सहकर्मीको हत्या गरे, त्यही गन चोरी गरेको अभियोगमा सैनिक अमल्दार लबकुमार गुरुङ र सैनिक जवान सरोज तामाङ साढे दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।...

    शृंखलाको छैटौँ भाग

    यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान



    करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। …

    शृंखलाको पाँचौं भाग

    निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना


    ०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

    शृंखलाको चौथो भाग

    एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ– बयानमा हेराफेरी नहोस्



    सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

    शृंखलाको तेस्रो भाग: 

    उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती



    आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

    शृंखलाको दोस्रो भाग:

    जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!



    एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

    शृंखलाको पहिलो भाग:

    जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि



    दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

    सम्पादकीय

    जेल जीवन बिताइरहेका निर्दोष सैनिकबारे सबै बोलौं




    देश र जनताको सुरक्षामा खटिने प्रण लिएर सैनिक सेवामा जीवन अर्पण गरेका सरोज तामाङ र लबकुमार गुरुङले आफ्नै संगठनभित्र पाएको यातना मानवीय कानुन, मानव अधिकार र सैनिक ऐनका दृष्टिकोणबाट आपत्तिजनक छ। हतियार चोरीको अभियोगमा जेलमा राखिएका उनीहरू निर्दोष देखिएसँगै नेपाली सेनाभित्रको अपराध अनुसन्धान प्रक्रिया कति फितलो रहेछ भन्ने पनि पुष्टि भएको छ। ‍‍‍...

प्रकाशित: Sep 03, 2021| 12:21 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

साथी कुटिएको खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।
यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

यी युट्युबर, जो प्र्यांकको बहानामा हिंसा गरिरहेका छन्

‘न्यू नेपाली प्र्यांक भिडियो’ भन्दै भिडियो सेयरिङ वेबसाइट युट्युबमा यतिबेला अश्लील, भद्दा र आपत्तिजनक दृश्य र संवाद समावेश भएका भिडियो छ्याप्छ्याप्ती भेटिन्छन्। र, यस्तै भिडियोहरु...
विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

विद्युतीय सवारीसाधन मात्रै चलाउने हो भने जोगिन्छ दैनिक सात करोड

‘विद्युतीय सवारीमा प्रतिकिलोमिटर चार रुपैयाँ खर्च हुन्छ। पेट्रोलियम सवारी चढ्दा प्रतिकिलोमिटर १५ रुपैयाँ खर्च हुन्छ।’
कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

कान्तिपुर टिभीको त्यो समाचार जसकारण दुई सैनिक अधिकृतले जागिर गुमाए

अनियमितताको विषयमा भने त्यस्तो केही नदेखिएको भन्दै प्रकरणलाई इन्क्वायरीले नै अन्तै मोड्यो। त्यसपछि सिम्खडा र गुरुङविरुद्ध नेपाली सेनाको अभियोजन महाशाखाले अनुशासन तथा आचरणसम्बन्धी कसुरमा मुद्दा...
अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

अदालतले भन्यो- अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिकलाई तत्काल रिहा गर्नू

बिहीबारको इजलासले भने अढाई वर्षदेखि जेलमा राखिएका दुई सैनिकलाई निर्दोष ठहर गर्दै तत्काल रिहा गर्नुपर्ने फैसला गरेको हो।