सोमबार, भदौ १, २०८३

कर बढाउँदा चुनाव हारेको नेकपा धरानको निष्कर्ष

चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले करको दर बढाएको कारणले उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा गएको निष्कर्ष निकालेको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- चुनावमा अनपेक्षित पराजय बेहोरेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धरान उपमहानगर कमिटीले करको दर बढाएको कारणले उपनिर्वाचनको परिणाम कांग्रेसको पक्षमा गएको निष्कर्ष निकालेको छ।

प्रदेश सरकारले भारीमात्रामा करको दर बढाएपछि त्यसको असर जनस्तरमा परेको र उपनिर्वाचनको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको निष्कर्ष नेकपा नगर कमिटीले निकालेको हो।

नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटी सचिवालयको बैठकले करका दर पुनरावलोकन गर्न त्यहाँको संसदीय दललाई निर्देशनसमेत दिएको छ।

निर्वाचनका सन्दर्भमा जनताको घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करहरू प्रति जनताको व्यापक गुनासाहरू र असन्तुष्टिहरू पाइएको नेताहरुले बताएका छन्।

‘जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०७६–०७७ का लागि लागू गरिएका करका दर पुनरावलोकन गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरिएको छ,’ नेकपा धरानले विज्ञप्तिमा भनेको छ।

धरान उपमहानगरपालिकाले घरबहाल कर १२ प्रतिशत पुर्याएको थियो। अरु कर पनि अन्य स्थानीय तहको तुलनामा बढी रहेको छ। यही कारणले चुनावमा पराजय बेहोर्नुपरेको निष्कर्ष नेकपाको छ।

कम्यूनिष्टको लालकिल्ला धरानमा नेकपाका प्रकाश राईलाई पराजित गर्दै नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन्।

प्रकाशित: Dec 04, 2019| 09:18 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।