बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार नेपाल समयकर्मी केसीलाई

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार नेपाल समयकर्मी केसीलाई

पत्रकार केसीलाई नगद ३५ हजार ५ सयसहित प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुरस्कृत गरेका हुन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

भैरहवा - नेपाल समयका प्रदेश ५ संयोजक नरेश केसीलाई उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

National life

रुपन्देही उद्योग संघको ४२औं स्थापना एवं औद्योगिक दिवसका अवसरमा बुटवलमा आयोजित विशेष समारोहमा पत्रकार केसीलाई नगद ३५ हजार ५ सयसहित प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पुरस्कृत गरेका हुन्।

उत्कृष्ट उद्योगीका रूपमा अमृत भुसाल (भुसाल केबल इन्डस्ट्रिज), गीता भट्टराई (सिद्धार्थ डेरी उद्योग), मित्रलाल न्यौपाने (बुटवल रेडिमिक्स) र बस्नेत गाई फार्मलाई पनि सम्मान गरिएको छ ।

यसैगरी दीपक परियार र लीलबहादुर क्षेत्रीलाई १० हजार १ सय ५५ रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको संघका अध्यक्ष बाबुराम बोहराले बताए।

कार्यक्रममा २४ बर्षसम्म कार्यलय सचिव रहेर सेवा गरेका टीकाराम शर्मा र कम्प्युटर एसोसिएसन अफ नेपालका नवनिर्वाचत अध्यक्ष नवराज कुँवरलाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: Dec 04, 2019| 09:16 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।