सोमबार, भदौ १, २०८३

सीमा अतिक्रमणको विरोधमा चक्काजाम

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्धमा नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटलमा चक्काजाम गरेको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

बुटवल- भारतले नेपाली भूमि अतिक्रमण गरेको विरुद्धमा नेपाल विद्यार्थी संघ रुपन्देहीले बुटलमा चक्काजाम गरेको छ।

नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा जनदबाब सिर्जना गर्न बुटवलको मिलनचोकमा चक्का जाम गरेको हो।

रुपन्देहीका बिभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थी चक्का जाममा सहभागी भएका थिए। चक्काजाम करिव एक घण्टासम्म चलेको थियो।

उनीहरुले नेपाल सरकारलाई आप्mनो अतिक्रमित भूमि तत्काल फिर्ताको पलह गर्न आग्रह गरेका छन्।

नेविसंघका नेता छाया पोखरेल, नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पस इकाई सभापति महेश पौड्याल, लुम्बिनी बाणिज्य क्याम्पस इकाई सभापति सुरज क्षेत्रीलगायले प्रत्येक क्याम्पसबाट आन्दोलनको नेतृत्व गरेका थिए।

भारत सरकाले नक्सा नसच्यादा सम्म आन्दोलन कार्यक्रमहरु निरन्तर रहने नेविसंघ सिद्धार्थ क्याम्पसका सभापति महेश पौडेलले जानकारी दिए।

प्रकाशित: Dec 04, 2019| 09:09 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।