सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वराजालाई बिन्तीपत्र- सिँचाइ भएन, गौरक्षा हुनुपर्‍यो

पूर्वराजालाई बिन्तीपत्र- सिँचाइ भएन, गौरक्षा हुनुपर्‍यो

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनले रुपन्देही, कपिलवस्तु, गुल्मीलगायत जिल्लाबाट आएका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरे ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

भैरहवा– साताव्यापी पश्चिम भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले भैरहवामा छन्। बुधबार उनले भैरहवास्थित टाइगर प्यालेस रिसोर्टमा करिब दुई घण्टा स्थानीयसँग बिताए ।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उनले रुपन्देही, कपिलवस्तु, गुल्मीलगायत जिल्लाबाट आएका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरे । भेटका क्रममा पूर्वराजा शाहले सर्वसाधारणको गुनासो सुन्नुका साथै बिन्तीपत्र पनि बुझेका थिए।

रुपन्देही मर्चवार क्षेत्रका एक स्थानीयले खेतमा पानी पुर्याइदिन आग्रह गर्दै पूर्वराजासमक्ष बिन्तीपत्र चढाए । उनले सिँचाइको समस्या भएकोले खेतीपाती हुन नसकेको गुनासो गरे। पूर्वराजालाई २५ जनाले बिन्तीपत्र बुझाएका थिए।

गुल्मीका ज्ञानेन्द्रबहादुर पाण्डेले सत्ताबाट राजा गए पनि जनताको मनमा राजा रहेको दाबी गरे । राजालाई सत्तामा फर्किन उनले आग्रह गरे।

गौरक्षा अभियानमा लागेका बुटवलका योगी शोमराजले नेपालमा गौरक्षा हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसमा लाग्न पूर्वराजालाई सुझाव दिए।

रुपन्देहीकी स्थानीय नेतृ सीता घिमिरेले देशको राजनीतिक अवस्थका विषयमा जानकारी गराउँदै देशलाई बचाउन राजा नै आवश्यक रहेको तर्क गरिन् ।

तिलोत्तमा नगरपालिकाका धनिराम चौधरीले थारुहरुमाथि राज्यबाट दमन भएको गुनासो गर्दै राजाले बचाउनुपर्ने माग गरे।

मर्चवारबाट पूर्वराजासँग भेट गर्न आएका उमेश अहिरले धानको मूल्य पाउन नसकेको बताउँदै समयमा मलखाद उपलब्ध नभएको गुनासो गरे। उनले सीमा क्षेत्रबाट पनि मल ल्याउँदा प्रहरीले दुःख दिने गरेको गुनासो पूर्वराजालाई सुनाए।

साताव्यापी पश्चिम भ्रमणमा आएका पूर्वराजा शाह भाेलि (बिहीबार) पाल्पा जाने कार्यक्रम छ।

प्रकाशित: Dec 04, 2019| 08:28 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।