सोमबार, भदौ १, २०८३

नारायणीमा गैंडा मृत भेटियो

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

चितवन । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो ।

सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो । गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ ।

घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए । बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ । यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैँडा कालगतिले मरेका छन् ।

रासस

प्रकाशित: Dec 04, 2019| 07:35 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।