सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालयकाे निष्कर्ष : उपनिर्वाचनमा अन्तर्घात भएकाे छैन

नेकपा सचिवालयकाे निष्कर्ष : उपनिर्वाचनमा अन्तर्घात भएकाे छैन

सत्तारुढ दल नेकपाले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- सत्तारुढ दल नेकपाले हालै सम्पन्न उपनिर्वाचनको समीक्षा गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा आज (बुधबार) बिहान पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा पार्टीभित्र अन्तरघात नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा उपनिर्वाचनको मतपरिणामबारे समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात–प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने बताइएको छ ।

आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ । आगामी बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

साथै बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
नेकपा सचिवालयको अर्को बैठक मंसिर २३ गते बस्नेछ ।

प्रकाशित: Dec 04, 2019| 06:13 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।