सोमबार, भदौ १, २०८३

मोरङको बेलबारीमा जनयुद्ध उद्यान बन्ने

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

विराटनगर– मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान तथा सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्र राजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ ।

सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सात करोड रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको र चालू आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उद्यान निर्माण गर्न करिब रु एक अर्बभन्दा बढी बजेट लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्यानका निम्ति सक्दो सहयोग गर्ने वचन प्राप्त भएको प्रतिष्ठानका सचिव बस्नेतले बताए । करिब पाँच वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी सङ्ग्रहालयको योजना र कार्य तीव्ररूपमा अगाडि बढिरहेको छ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारको पनि आर्थिक सहयोग हुने सचिव बस्नेतले जानकारी दिए ।

रासस

प्रकाशित: Dec 04, 2019| 05:43 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।