सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार प्रयासको आरोपमा पत्रकार पक्राउ, स्थानीय नेता मिलाउने प्रयासमा

बलात्कार प्रयासको आरोपमा पत्रकार पक्राउ, स्थानीय नेता मिलाउने प्रयासमा

अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

बुटवल- अर्घाखाँची घर भई गुल्मी बस्दै आएका एक पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

पत्रकार शिव सुवेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको हो। आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीले किटानी जाहेरी दिएको चार दिनपछि सुवेदी पक्राउ परेका हुन्।

सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले ४ दिनको म्यादसमेत दिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खडकबहादुर खत्रीका अनुसार सुवेदीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

उनका अनुसार किटानी जाहेरीमा उक्त घटनामा रिया बस्नेतलगायतकाे पनि संलग्नता रहेको जिकिर गरिएको छ। प्रहरीले उनीहरुलाई पनि खोजी गरिरहेको छ।

यसरी भयो घटना

मंसिर पहिलो साता लुम्बिनीमा तीन दिने न्यूज फेस्टिभल आयोजना भएको थियो। काठमाडौंसहित विभिन्न जिल्लाका पत्रकारहरु कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रमको पहिलो दिन नै गुल्मी घर भई बुटवलमा पत्रकारिता गरिरहेकी रिया बस्नेतले बुटवलको स्थानीय एफएममा काम गर्ने १६ वर्षीया एक युवतीलाई साथमा ल्याएकी थिइन्।

ती युवतीका अनुसार देशभरका पत्रकारहरुसँग भेटघाट हुने भन्दै रियाले उनलाई ल्याएर लुम्बिनीकै एक होटलमा राखेकी थिइन्।

नेपाल समयसँग कुराकानी गर्दै पीडित युवतीले भनिन्, ‘गोर्खाली युवा सशक्तीकरण संस्थामा रिया दिदीसँग चिनजान भएको थियो। उहाँले लुम्बिनीमा ठूल्ठूला पत्रकारहरुसँग भेटाइदिने भन्दै लिएर आउनु भयो। साँझ होटलमा रिया दिदी, प्रकाश न्यौपाने, शिव सुवेदी र म बसेका थियौं। उहाँहरु रक्सी खाँदै हुनुहुन्थ्यो। एक छिनमा दिदी बाहिर निस्किनु भयो। केहीबेरमा प्रकाश र शिव पनि गए। तर बाहिरबाट ढोका लगाए। एकछिनमा शिव सुवेदी फेरि फर्केर आए। आउनेबित्तिकै मलाई जबरजस्ती गर्न खोजे। मैले रिया दिदीलाई पनि फोन गरेँ, उहाँले आफू कार्यक्रम स्थलमा भएकोले आउन नमिल्ने भन्नु भयो। मैले गुहार मागेँ तर कोही आएन।’

जबरजस्ती गर्न थालेपछि झ्यालबाट हामफालेर बाहिर निस्केको उनले बताइन्।

उनले ११ मंसिरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएकी थिइन्। घटना मिलाउन दबाब आएको पीडितका बुवाले बताए। ‘यहाँका वडाध्यक्ष र केही नेताहरुले दबाब दिएका छन्। पैसा लिएर पनि घटना मिलाउन भन्दैछन्,’ उनले भने।

प्रकाशित: Dec 04, 2019| 04:17 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।