बिहीबार, असार ३२, २०८३

१३औं साग : २१ स्वर्ण पदकको छिनोफानो आज

नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार (आज) २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार (आज) २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।

आज हुने १७ खेलबाट २१ स्वर्ण पदकको छिनोफानो गर्न लागिएको हो । आज एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछ भने साइकलिङमा डाउनहिल च्याम्पियनसिपको फाइनल हुँदैछ ।

टेनिसमा महिला र पुरुषको टिम इभेन्टका फाइनल हुनेछन् । महिलाको फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् भने पुरुषतर्फ पाकिस्तान र भारत प्रतिस्पर्धा गर्नेछन् ।

ट्रायाथलन अन्तर्गत बुधबार मिक्स रिलेका स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछन् । यस्तै टेबल टेनिसमा पुरुष र महिलाको सिंगल्स तथा डबल्सका खेलहरु संचालन हुँदैछन् ।

खोखोमा महिलातर्फ बुधबार नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष तर्फ भने भारत र बंगलादेश स्वर्ण पदकका लागि खेल्दैछन् ।

महिला र पुरुषको लंग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, २ सय मिटर दौड र ४ सय मिटर हर्डल्सको पुरुष र महिला तर्फकै छनोट चरणका खेल हुनेछन् ।

यस्तै आजै क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ र भुटान प्रतिस्पर्धा गर्दैछन् ।

पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।

फुटबलतर्फ नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजे हुनेछ। पोखरामा हुने महिला फुटबलतर्फ नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ ।

 

प्रकाशित: Dec 04, 2019| 03:31 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।