काठमाडौं- सशस्त्र प्रहरीले ठूलो संख्या प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि भर्ना खुलाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।
बुधबार गोरखापत्र दैनिकमा प्रकाशित सुचना अनुसार ३१ वटा खुला सहित कुल ५८ जनाका लागि सशस्त्र प्रहरी निरीक्षकको पदमा आवेदन आह्वान गरिएको छ।
यसैगरी असई पद खुल्ला तर्फ १२८ सहित कुल २३९ को संख्यामा आवेदन मागिएको छ।