सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार, कुन क्षेत्रमा कति ?

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार, कुन क्षेत्रमा कति ?

कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली कामदार माग गरेको छ ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि मलेसियाले पहिलोपटक ठूलो संख्यामा नेपाली कामदार माग गरेको छ ।

विभिन्न पाँच क्षेत्रका लागि मलेसिया सरकारले ३१ हजार दुई सय ९ जना नेपाली कामदार माग गरेको हो ।

नेपाल र मलेसिया सरकारबीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारी पत्र कार्यान्व्यनमा आएपछि यति ठूलो नेपाली कामदारको माग भएको मलेसियास्थित नेपाली दुतवासले जनाएको छ ।

मलेसिया सरकारबाट मागपत्र प्रमाणीकरण भइ अक्टोबरको पहिलो साता मलेसियास्थित नेपाली दूताबासमा प्राप्त भइसकेको छ । दूताबासले पनि बैदेशिक रोजगार विभागमा सिफारिस गरिसकेको छ ।

स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङका क्रममा नेपाली ठगिँदै आएको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण बिष्टले झन्डै सात महिनासम्म मलेसियामा कामदार पठाउन रोकेका थिए ।

मलेसिया र नेपालबीच पटकपटक भएको वार्तामा स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङमा नेपाली कामदार नठगिने प्रत्याभूति गर्ने सहमति भएपछि असोज तेस्रो सातादेखि मलेसियाको रोजगारी खुलेको हो । सहमतिसँगै मलेसियाबाट नेपाली कामदारको माग हुन थालेको हो ।

कुन क्षेत्रमा कति श्रमिक माग ?

माग भएको श्रमिक संख्या– ३१,२०१

औद्योगिक क्षेत्र– १७,११६

सेवा क्षेत्र (सुरक्षा गार्डसहित)– १०,१८३

कृषि क्षेत्र– १,४७५

प्लासन– १,३९७

निर्माण– १,०३०

प्रकाशित: Dec 04, 2019| 02:24 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।