सोमबार, भदौ १, २०८३

इतिहास रच्दै खेलाडी, एक मिलि सेकेन्डले स्वर्ण

सन्तोषी श्रेष्ठले एथ्लेटिक्समा स्वर्ण जित्दै इतिहास रचेकी छिन् । एक मिलि सेकेन्डले भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछि पार्दै ...
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले १३ औं सागमा नेपाललमा लिएको अग्रता र बाग्लुङमा भएको जिप दुर्घटनाको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

जारी सागको तेस्रो दिन पनि नेपालले २३ स्वर्णसहित ४४ पदक जित्दै आफ्नो अग्रता कायमै राखेको छ । खेलाडीहरुले विभिन्न विधामा इतिहास रचेका छन् ।

मंगलबार भएको खेलमा सन्तोषी श्रेष्ठले एथ्लेटिक्समा स्वर्ण जित्दै इतिहास रचेकी छिन् ।

एक मिलि सेकेन्डले भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछि पार्दै सन्तोषीले इतिहास रचेकी हुन् । उनी नै एथ्लेटिक्समा नेपालका लागि अन्तर्राष्ट्रि स्वर्ण दिलाउने पहिलो खेलाडी बनेकी छिन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले १ मिलि सेकेन्डले स्वर्ण शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले मिलिसेकेन्डले स्वर्ण शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले स्याब्बास सन्तोषी शीर्षकमा खबर लेखेको छ ।

यस्तै आजका पत्रपत्रिकाले बाग्लुङमा भएको जिप दुर्घटनाको खबरलाई पनि प्राथमिकताका साथ छापेका छन् ।

कूलपूजा गर्न हिडेका १४ जनाको जिप दुर्घटनामा परि मृत्यु भएको छ । १४ जनाको सिटमा २६ जना राखेर दौडाएको जित घुम्तिमा मोड्न नसक्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसै विषयलाई अन्नपूर्ण पोस्ट्ले दुर्घटनामा १४ को मृत्यु शीर्षकमा खबर छापेको छ ।

नागरिक दैनिकले सडक दुर्घटनामा १४ को मृत्यु, १४ सिटको जिपमा २६ जना शीर्षकमा खबर लेखेको छ । कान्तिपुरले भने मोडिन नसक्दा जिप खस्यो, १४ मृत्यु शीर्षकमा खबर छापेको छ ।

कान्तिपुरले प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने तयारी धकेलिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । प्रत्यारोपण कम्तिमा दुई महिनापछि शीर्षकमा खबर लेखेको छ ।

१३ औं साग : १ मिलि सेकेन्डले स्वर्ण

एथलेटिक्स खेलै पुरानो । यसलाई ‘फादर अफ स्पोर्ट्स’ मानिन्छ । यही एथलेटिक्समा सन्तोषी श्रेष्ठले मंगलबार स्वर्णपदक जितेर इतिहास रचेकी छन् ।

कान्तिपुरमा प्रकाशित समाचारअनुसार १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त यो उपलब्धिले उनी एथलेटिक्समा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्ने महिला खेलाडी भएकी हुन् ।

सन्तोषीले दशरथ रंगशालाको ट्र्याकमा १० हजार मिटर दौडमा त्यो सफलता हासिल गरेकी हुन् । उनले एक मिलिसेकेन्डले मात्र भारतीय प्रतिद्वन्द्वी कविता यादवलाई पछाडि पारिन् ।

सन्तोषीको टाइमिङ निस्कियो ३५ मिनेट ०७.९४ सेकेन्डको । कविताको टाइमिङ थियो ३५ मिनेट ०७.९५ सेकेन्ड । एक मिलिसेकेन्ड भनेको त्यति थोरै समय हो, जुन एक सेकेन्डलाई हजार भाग लगाउँदाको एक भाग हो ।

अर्थात्, हजार मिलिसेकेन्ड बराबर एक सेकेन्ड हुन्छ । ‘फोटो फिनिस’ (यति नजिक कि अन्तिम रेखा पार गर्दा शरीरको भागबाट गरिनुपर्ने मूल्यांकन) कै रूपमा उनले बाजी मार्दै इतिहास कोरेकी हुन् ।

एक मिलिसेकेन्डले जीवनमा के अर्थ राख्ला ? यही एक मिलिसेकेन्डले सफलता चुमेकी सन्तोषीले सुनाइन्, ‘टाइम म्यानेजमेन्टमा धेरै कमजोर हुँ । रनिङमा लागेपछि एक मिलिसेकेन्ड पनि कति महत्त्वपूर्ण छ भन्ने बुझ्न थालेकी छु ।’

प्रत्यारोपण कम्तिमा दुई महिनापछि

कान्तिपुरमा प्रकाशित समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ ।

अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् ।

‘मिर्गौला प्रत्यारोपण गर्न शल्यक्रिया गरिएको ठाउँको घाउ निको हुनुपर्छ । संक्रमण पूर्ण नियन्त्रणमा हुनुपर्छ । अहिलेकै स्थितिमा जोखिम हुन्छ,’ वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले भने ।

एपेन्डिसाइटिससहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि ८ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको शल्यक्रिया गरिएको हो।

स्वास्थ्यमा निरन्तर राम्रो सुधार भए दुईदेखि चार महिनापछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सकिने डा. काफ्लेको भनाइ छ।

यसअघि गत शुक्रबार प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा हतार गर्नुपर्ने अवस्था नरहेको बताएकी थिइन्। अनुकूल समय पारेर प्रत्यारोपण गरिने उनको भनाइ थियो।

प्रकाशित: Dec 04, 2019| 01:03 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।