बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सागमा नेपालको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो दिन क-कसले दिलाए स्वर्ण?

सागमा नेपालको उत्कृष्ट प्रदर्शन जारी, तेस्रो दिन क-कसले दिलाए स्वर्ण?

१३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन पनि नेपालले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन पनि नेपालले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ।

दोस्रो दिन १५ स्वर्ण जितेको नेपाल तेस्रो दिन थप ८ स्वर्ण जित्दै कुल २३ स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा रहेको छ। यस्तै नेपालले हालसम्म ९ रजत र १२ कास्य पदक जितेको छ।

नेपालले तेस्रो दिन तेक्वान्दोमा दुई, करातेमा दुई, उसुमा दुई तथा दुवाथलन र एथ्लेटिक्समा एक-एक स्वर्ण जितेको हो।

तेक्वान्दोमा वीरबहादुर महराले ६८ केजीमुनिको तौल समूहमा स्वर्ण जिते। उनले पाकिस्तानका महम्मद फहिमलाई ४१-३६ ले हराए। यस्तै काजल श्रेष्ठले तेक्वान्दोको ४६ केजीमा स्वर्ण जितिन्।

करातेतर्फ महिला कुमुतेको ६८ केजीमूनिको खेलमा सुनिता महर्जन तथा पुरुषतर्फ नबिन रासाइलीले ६७ केजीमूनि कुमुतेमा स्वर्ण जिते।

यस्तै नेपालका लागि उसुमा विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जिते।

नेपालका हिमाल टमटाले पुरुष एकलतर्फ दुवाथालनमा स्वर्ण जिते।

एथ्लेटिक्समा नेपालले १० हजार मिटरमा ऐतिहासिक स्वर्ण जित्यो। नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितिन्। भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। सागको इतिहासमा एथ्लेटिक्समा स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला बनिन् ।

पदक तालिकाको दोस्रो स्थानमा रहेको भारतले १५, श्रीलंकाले ५, पाकिस्तानले ४, बंगलादेशले ४, माल्दिभ्सले १ स्वर्ण जितेका छन्।

नेपाललाई हालसम्म स्वर्ण दिलाउने खेलाडी

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनि)– कुसुम खड्का

कराते (५० केजी मूनि) –अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बू

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे

तेक्वान्दो पुम्से महिला( १७-२९ वर्ष ) - निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना

तेक्वान्दो २३ वर्षमाथि उमेरसमूह - निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई

ट्रायथलन – सोनी गुरुङ

तेक्वान्दो ६८ केजीमूनि - वीरबहादुर महरा

तेक्वान्दो ४६ केजीमूनि - काजल श्रेष्ठ

महिला कुमुते ६८ केजीमूनि - सुनिता महर्जन

पुरुष कुमुते ६७ केजीमूनि - नबिन रासाइली

उसु पुरुष - विजय सिंजाली

उसु महिला - सुस्मिता तामाङले

पुरुष एकलतर्फ दुवाथालन - हिमाल टमटा

एथ्लेटिक्स १० हजार मिटर महिला - सन्तोषी श्रेष्ठ

प्रकाशित: Dec 03, 2019| 14:56 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।