मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतलाई कडा टक्कर दिएको नेपाल अन्तिममा सम्हालिन नसक्दा पराजित

भारतलाई कडा टक्कर दिएको नेपाल अन्तिममा सम्हालिन नसक्दा पराजित

साग खेलकुदको महिला भलिबलमा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने नेपाली महिला भलिबल टोलीको सपना चकनाचुर भएको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं - साग खेलकुदको महिला भलिबलमा पहिलो पटक स्वर्ण जित्दै इतिहास रच्ने नेपाली महिला भलिबल टोलीको सपना चकनाचुर भएको छ।

National life

१३औं दक्षिण एसियाली खेलकुद(साग) को महिला भलिबलमा भारतसँग भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ सेटले पराजित हुन पुग्यो। यससँगै भारतसँग समूह चरणमा व्यहोरेको हारको बदला लिनबाट पनि नेपाल चुक्न पुग्यो।

तर नेपालले जारी सागको महिला भलिबलमा रजत पदक जित्दै इतिहास भने बनाइसकेको छ। नेपालले महिला भलिबलमा हालसम्म कास्य पदक भन्दा बढी जित्न सकेको छैन।

नेपाल भारतसँग २५-१७, २३-२५, २१-२५, २५-२० र १५-६ को सेटले पराजित भयो। मंगलबार उपस्थित सयौं दर्शकको साथ पाएको नेपाली टोलीले पहिलो सेट २५-१४ ले गुमाए पनि त्यसपछि भएको प्रतिस्पर्धात्मक खेलमा लगातार दुई सेट जित्यो।

नेपालले दोस्रो तथा तेस्रो सेट क्रमश: २५-२३ र २५-२१ ले जितेपनि चौथो सेट २५-२० ले गुमाउन पुग्यो। अन्तिम सेटमा नेपाल सम्हालिन नसक्दा भारतले १५-६ ले सेट आफ्नो पक्षमा पार्‍यो।

Laxmi sunrise bank
kumari

यसअघि समूह चरणको खेलमा नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो। नेपाल शनिबार भएको सेमिफाइनल खेलमा श्रीलंकालाई २५-१४, २५-१८ र २५-२१ को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। भारतले भने माल्दिभ्सलाई २५-१४, २५-६ र २५-१७ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

प्रकाशित: Dec 03, 2019| 12:41 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।