बिहीबार, मंसिर १८, २०८२

गढीमाईमा करिब ८ हजार राँगा बलि (तस्बिरहरु)

ठूलो परिमाणमा पशुबलिका कारण संसारमै चर्चित गढीमाईमा आज विधिवत पूजापछि करिब ७ हजार ८७६ राँगा बलि दिइएको छ ।
 |  मंगलबार, मंसिर १७, २०७६

जियालाल साह

जियालाल साह

मंगलबार, मंसिर १७, २०७६

ठूलो परिमाणमा पशुबलिका कारण संसारमै चर्चित गढीमाईमा आज विधिवत पूजापछि करिब ७ हजार ८७६ राँगा बलि दिइएको छ ।

National life

यस्तै भाकल गरेकाले चढाएका परेवाले मन्दिर परिषर ढाकिएको छ । पूजा समितिका अनुसार आज राँगा बलि दिइएको छ भने भोलि बोका बलि दिईने छ ।

गढीमाई मन्दिरका मुख्य पुजारी शिव चौधरीको पुजापछि पञ्चबलि दिइए लगत्तै ७ हजार ८६७ राँगाको बलि दिइएको महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जानकारी दिए।

विगतका वर्षहरुमा भन्दा यसवर्ष गढीमाईमा श्रद्धालुको घुइँचो धेरै पनि सबैलाई व्यवस्थित रुपमा दर्शनको व्यवस्था मिलाइएको यादवले बताए ।

पाँच वर्षमा लाग्ने गढीमाई मेलामा दिइने बलिको पछिल्लो समय विरोध हुँदै गए पनि भक्तजनहरुको आस्थाका कारण परापूर्व कालदेखि चल्दै आएको बलि दिने प्रथा कम हुन सकेको छैन।

Laxmi sunrise bank
kumari

विशेषगरी भाकल पूरा भएपछि भक्तजनहरुले बलि दिने गरेका कारण पनि यो रोक्न गाह्रो छ।

मेलामा बलि दिइने अधिकांश पशुपंक्षी भारतबाट ल्याइएका छन् । बलिदिने क्रम पञ्चमी सम्म चल्ने पुजारी शिव चौधरीले जानकारी दिए ।

मेलामा सोमबार र मंगलबार गरी १० लाख बढी दर्शनार्थीले दर्शन गरेको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी १ हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मिडियालाई निषेध
गढीमाई मेलाको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुलाई मेला आयोजक समिति र मुल पुजारीकै परिवारबाट दुव्र्यहार भएको छ ।

उनीहरुले सञ्चारकर्मीबाटै पशुबलिको विरोध भएको भन्दै दुव्र्यवहार गरेको नेपाल पत्रकार महासंघ, पर्साका पूर्वअध्यक्ष लक्ष्मी शाहले बताए ।

पुजापछि दिईने पञ्चबली र राँगा काटिने स्थलको समेत फोटो वा भिडियो खिच्नका लागि मेला समितिले रोक लगाएको छ।

 

 

 

प्रकाशित: Dec 03, 2019| 12:08 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।