सोमबार, भदौ १, २०८३

मलेसियाका लागि ३१ हजार कामदारको माग प्रमाणीकरण

मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं - मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ।

दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१ हजार २०१ श्रमिक माग भएको ९६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिश गरेको हो। नेपाल र मलेसिया सरकारबीच भएको कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीअनुसार मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणीकरण भई आएका मागपत्र अभिलेखीकरण गरी विभागमा सिफारिश गरिएको दूतावासले जनाएको छ।

औद्योगिक क्षेत्रका १७ हजार ११६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) १० हजार १८३, कृषि क्षेत्र एक हजार ४७५, ‘प्लान्टेसन’ एक हजार ३९७ र निर्माण क्षेत्रमा माग भएका एक हजार ३० श्रमिकको मागपत्र प्रमाणीकरण गरिएको दूतावासले जनाएको छ। मागपत्रको प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Dec 03, 2019| 11:54 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।