काठमाडौं - तेक्वान्दोकी काजल श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी छिन्। उनले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्।
सातदोबाटोस्थित तेक्वान्दो हलमा काजलले पाकिस्तानकी सैयड सिद्रा बटुललाई ५०-१४ ले पराजित गर्दै स्वर्ण जितेकी हुन्। यसअघि उनले भारतकी राधा भाटीलाई ५०-३९ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेकी थिइन्।