शुक्रबार, साउन १, २०८३

सुजलको उत्कृष्ट प्रदर्शनमा भुटान पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४-०ले पराजित गरेको हो।

नेपालका लागि सुजल श्रेष्ठले दुई गोल गरे। उनले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यस्तै उनले ५०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै नेपाली टोलीको अग्रता दोब्बर पारे। नेपालका लागि ६६ औ मिनेटमा अभिसेक रिजाल तथा ७७ औं मिनेटमा मिक्चेन तामाङले चौथो गोल गरे। उनले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए।

राउन्ड रोविनको लिगको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा नेपालले यो जितसँगै ३ अंक जोडेको छ। भूटानले सोमबार भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।

प्रकाशित: Dec 03, 2019| 09:43 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।