बिहीबार, असार ३२, २०८३

साग क्रिकेटमा नेपाल श्रीलंकासँग पराजित

साग क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– साग क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ।

१७३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

श्रीलंकाका सम्मु अशनले आक्रामक ब्याटिङ गरेपछि श्रीलंकाको जित सहज भएको हो। अशनले ४३ बलमा ७२ रनको पारी खेले।
यस्तै, केएनएम फर्नान्डोले ४६, पि निससन्काले ३० रनको योगदान दिए । असेन बन्डरा १४ रनमा अविजित रहे। अन्य दुई ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशान भारीले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन जोडेको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ७२ रनको पारी खेले। उनले ४४ बलमा चार चौका र तीन छक्का प्रहार गरे। यस्तै पवन सर्राफले २२, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रनको योगदान दिए।

बलिङतर्फ कमिन्डो मेन्डिजले सर्वाधिक दुई विकेट लिए।

प्रतियोगितामा श्रीलंकाको यु–२३ टिमले खेलेको हो।

प्रकाशित: Dec 03, 2019| 08:32 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।