काठमाडौं- १३ औं साग क्रिकेटमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेपछि नेपालले श्रीलंकासामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन जोड्यो।
टिमको स्कोर मजबुत बनाउन ऐरीले अविजित ७२ रनको योगदान दिए। यस्तै, पवन सर्राफले २२ रन जोडे कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रनको योगदान दिए। आरिफ शेखले १९ रन बनाए। पारस खड्का भने १ रनमै आउट भए।
श्रीलंकाले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ।
साग क्रिकेटमा नेपालसहित श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स सहभागी छन्।
प्रतियोगितामा श्रीलंका र बंगलादेशले भने यु–२३ टिम खेलाएका छन्।