शुक्रबार, साउन १, २०८३

उसुमा नेपाललाई दुई स्वर्ण, विजय र सुस्मिताले दिलाए पदक

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत मंगलबार नेपालले उसुमा दुई स्वर्ण जितेको छ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत मंगलबार नेपालले उसुमा दुई स्वर्ण जितेको छ।

नेपालका लागि विजय सञ्जाली र सुस्मिता तामाङले उसु (थाउलो)मा स्वर्ण जितेका हुन्। विजयले बंगलादेशका मोहम्मद ओमारलाई पराजित गर्दै स्वर्ण दिलाए। उनले ९.४८ अंक ल्याउँदा मोहम्मदले ९.३४ अंक पाए।

यस्तै, सुस्मिताले श्रीलंकाकी वातसालालाई पछि पार्दै स्वर्ण जितिन्। सुस्मिताले ९.४४ अंक ल्याउँदा वातसालाले ८.८५ अंक पाइन्।

विजय १२ औं सागका रजत विजेता हुन्।

यससँगै नेपालको स्वर्ण पदक १७ पुगेको छ।

यसअघि नेपालले सोमबार कराते र तेक्वान्दोमा सात–सात र ट्रायथलनमा एक स्वर्ण जितेको थियो।

प्रकाशित: Dec 03, 2019| 04:43 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।