बिहीबार, असार ३२, २०८३

सागमा २० स्वर्ण पदककाे छिनोफानो आज

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्गर्तत मंगलबार (आज) २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्गर्तत मंगलबार (आज) २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।

मंगलबार भलिबलमा दुई स्वर्णको छिनोफानो हुनेछ। पुरुषतर्फको भलिबलमा उपाधिका लागि भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् भने महिलातर्फ नेपाल र भारत भिड्दैछन्।

यस्तै, करातेमा ६ स्वर्णको छिनोफानो हुनेछ। पुरुषको ६० केजी मुनि, ६७ केजी मुनि र ७५ केजी मुनिको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५५ केजी मुनि, ६१ केजी मुनि र ६८ केजी मुनिका खेल हुनेछन्। उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ।

टेबल टेनिसमा पनि पुरुष र महिलाको टिम इभेन्टका खेल सम्पन्न हुनेछन्। ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ।

मंगलबारदेखि एथलेटिक्सका खेल पनि संचालन हुनेछन्। एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ। एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन्।

सागको पहिलो दिन सोमबार २५ स्वर्ण पदकको छिनोफानो भएकाे थियाे। जसमा नेपाल १५ स्वर्णसहित अग्रस्थानमा छ। भारत ३ स्वर्ण ८ रजतसहित दोस्रो, श्रीलंका ३ स्वर्ण ७ रजतसहित तेस्रो र पाकिस्तान २ स्वर्ण ४ रजतसहित चौथो स्थानमा छ। २ स्वर्ण जितेको बंगलादेश पाँचौं स्थानमा छ।
प्रतियोगितामा भुटान र माल्दिभ्सले स्वर्ण जित्न सकेका छैनन्।

प्रकाशित: Dec 03, 2019| 03:18 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।