शुक्रबार, साउन १, २०८३

साग फुटबलमा आज नेपालले भुटानको सामना गर्दै

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा मंगलबार (आज) नेपालले भुटानको सामना गर्दैछ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा मंगलबार (आज) नेपालले भुटानको सामना गर्दैछ।

प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्न लागेको हो। खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुँदैछ।

नेपाल खेल जितेर प्रतियोगितामा सुखद सुरुवात गर्न चाहान्छ। तर, नेपाललाई खेल जित्न त्यति सजिलो छैन।

भुटान पुरुष फुटबलमा दक्षिण एसियामा बलियो टोली मानिन्छ।

भुटान भने जित दोहोर्याउने रणनीतिका साथ मैदान उत्रिँदैछ।

यसअघि प्रतियोगिताअन्तर्गत सोमबार भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको थियो। सोही दिन भएको अर्काे खेलमा श्रीलंका र माल्दिभ्सले बराबरी खेलेका छन्।

महिला फुटबलमा भने नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले प्रतियोगिताअन्तर्गत श्रीलंकासँग पहिलो खेल खेल्न लागेको हो।

खेल पोखरास्थित पोखरा रंगशालामा हुँदैछ।

आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: Dec 03, 2019| 02:59 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।