बिहीबार, असार ३२, २०८३

मेसीले जिते छैटौँ पटक बालोन डी’ओर अवार्ड

अर्जेन्टिनी फुटवल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

एजेन्सी-अर्जेन्टिनी फुटवल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै मेसीले उपाधि चुमेका हुन् । यो वर्ष जितेको उपाधीसँगै उनले सबैभन्दा धेरै पटक बालोन डी’ओर अवार्ड जित्ने खेलाडीका रुपमा रेकर्ड बनाएका छन्।

यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते । २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे। रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् ।

गत सिजन एन्टोनी ग्रिजम्यान र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले यो उपाधि जितेका थिए।

प्रकाशित: Dec 03, 2019| 02:06 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।