सोमबार, भदौ १, २०८३

प्रसन्न रहन पूर्वराजाले गरे षोडस उपचार पूजा

साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीस्थित सैनामैनामा रहेको पोर्वहा बोलबमधाममा पूजापाठ गरेका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

भैरहवा - साताव्यापी धार्मिक भ्रमणका लागि भैरहवा आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार रुपन्देहीस्थित सैनामैनामा रहेको पोर्वहा बोलबमधाममा पूजापाठ गरेका छन्।

पश्चिमको पशुपतिनाथ मन्दिर भनेर प्रसिद्ध उक्त मन्दिरमा पूर्वराजा शाहले षोडस उपचार विधिद्वारा पूजा गरेका हुन्।

मन्दिरका मूल गुरु एवं प्रमुख संरक्षक धर्मगुरु व्यास आर्चाय अर्थात किशोर गौतमले उक्त पूजा प्रसन्नताका लागि गरिने बताए।

‘षोडसी मन्त्रबाट शिवजीको पूजा गरिन्छ। जसले व्यक्तिमा प्रसन्नता ल्याउनमा मद्दत गर्छ।’ गौतमले भने, ‘पूर्वराजाको प्रसन्नता र मनोकामना पूर्ण गर्न यो मन्त्र विधिबाट पूजा गराएका छौं। यो पूजामा विभिन्न १६ वटा सामाग्रीले पूजा गरिन्छ।’

पूजा गर्न भैरहवाबाट सैनामैना पुगेका पूर्वराजा शाहको दर्शन गर्नेको भिड लागेको थियो। मन्दिर तथा आसपासका क्षेत्रमा सर्वसाधारणहरु भेला भएका थिए।
मन्दिरमा आएका साधुसन्तहरुले हिन्दु धर्म स्थापनाका लागि पहल गर्न पूर्वराजा शालाई आग्रह गर्नुका साथै बिन्ती पत्रसमेत दिएका थिए।

प्रकाशित: Dec 02, 2019| 13:21 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।