सोमबार, भदौ १, २०८३

एउटै मण्डपमा ३३ जोडीको लगनगाँठो

जनकपुरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ। दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीको अवसर पारेर सोमबार सामूहिक विवाहको आयोजना गरिएको हो।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

जनकपुरधाम-जनकपुरमा सामूहिक विवाह कार्यक्रमको आयोजना गरिएको छ। दाइजो प्रथाविरुद्ध रामजानकी विवाहपञ्चमीको अवसर पारेर सोमबार सामूहिक विवाहको आयोजना गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका–१४ कभर्ड हलस्थित मणिमपण्डपमा सोमबार राति ३३ जोडीको सामूहिक विवाह हुन लागेको हो। राति हुने सामूहिक विवाहको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक विश्व हिन्दु परिषद् र मणिमण्डप समितिले जनाएको छ।

सामूहिक विवाहपूर्व विवाहका लागि आएका बेहुलाहरुलाई जनकपुर दर्शनसमेत गराइएको छ। जनकपुर दर्शन अन्तरगत उनीहरुलाई गाडी चढाएर नगरपरिक्रमा गराइएको हो।

सामूहिक विवाहमा कम्तिमा १०८ जोडीको विवाह गर्ने लक्ष्य राखिएपनि कतिपयलाई कानुनी प्रावधानका कारण सामेल गर्न नसकिएको मणिमण्डप समितिका अध्यक्ष रामअशिष दासले जानकारी दिए। विवाह गर्दा लाग्ने सम्पूर्ण खर्च समितिले व्यहोर्ने भएको छ।

दासका अनुसार सामूहिक विवाहमा नेपाल तथा भारतबाट परिवारसहित जोडीहरु पुगेका छन्। सामूहिक विवाहका लागि धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, मोरङलगायतका जिल्लाबाट जोडीहरु पुगेको उनले बताए।

सामूहिक विवाहका लागि आएकाहरु मध्ये नेपाली नागरिकलाई नागरिकता र जन्मदर्ता तथा भारतीयहरुलाई आधारकार्ड जम्मा गराइएको छ। सरकारी प्रमाणपत्रको आधारमा विवाहको लागि उमेर पुगेकालाई मात्र सामूहिक विवाहमा सहभागी गराइएको दासको भनाइ छ। उमेरसम्बन्धी प्रमाण जुटाउन नसकेपछि १५/१६ जोडीलाई फिर्ता पठाएको उनले बताए।

सामूहिक विवाहमा लाग्ने खर्चको व्यवस्था प्रदेश सरकार र विश्व हिन्दु परिषद्ले गरेको छ। अध्यक्ष दासका अनुसार नवविवाहिता जोडीहरुलाई उपहारको व्यवस्था विश्व हिन्दु परिषद्ले गरेको छ भने अन्य खर्च प्रदेश सरकार र स्थानीयवासीको सहयोगमा जोरजाम गरिएको छ।

दासले सामूहिक विवाहमा ४० देखि ५० लाख खर्च लाग्ने अनुमान रहेको बताए।

सामूहिक विवाहका लागि आउने जोडीका परिवारका सदस्यका साथै आमन्त्रित गरिएका अतिथिहरुको लागि आयोजकले रात्रि भोजको समेत व्यवस्था गरिएको छ।

दासका अनुसार सामूहिक विवाहमा सहभागी हुन प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, उपमहानगरपालिकाका प्रमुखलगायतका विशिष्ठ व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ।

प्रकाशित: Dec 02, 2019| 12:35 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।