सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली भन्छन्- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, हिजो साग पूरै हेरें

प्रधानमन्त्री ओली भन्छन्- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ, हिजो साग पूरै हेरें

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति सर्वसाधारणमा अन्यौल बढेपछि प्रधानमन्त्री आफैंले भिडियो वक्तव्यमार्फत आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको स्पष्ट पारेका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति सर्वसाधारणमा अन्यौल बढेपछि प्रधानमन्त्री आफैंले भिडियो वक्तव्यमार्फत आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको स्पष्ट पारेका छन्।

ट्विटरमा पोष्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी ओलीले आफूलाई अप्रत्यासित रुपमा एपेन्डिसाइटिस भएपछि त्यसको शल्यक्रिया गरिएको र हाल आफ्नो स्वास्थ्य राम्रोसँग अगाडि बढिरहेको बताएका छन्।

“इन्फेक्सन बाहिर पनि फैलिएकोले त्यसलाई हटाउनका लागि हप्ता दश दिन लाग्छ । मेरो स्वास्थ्य राम्ररी अगाडि बढिराख्या छ, सुधार भइरहेको छ । मेजर अपरेशनपछि पनि म उठेर बोल्न, कुरा गर्नसक्ने अवस्थामा छु ।” प्रधानमन्त्रीले भनेका छन् ।

उनले सोमबार बेलुका भएको सागको उदघाटन समारोहको प्रत्यक्ष प्रसारण पूरै हेरेको र समारोह राम्रोसँग सम्पन्न भएकोमा खुशी पनि व्यक्त गरेका छन् ।

उनले खेलमार्फत क्षेत्रीय मित्रता बढाउन सबैलाई आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत ट्वीटर ह्याण्डल @kpsharmaoli मा अपलोड भएको भिडियोबाट यो समाचार तयार पारिएको हो ।

 

प्रकाशित: Dec 02, 2019| 10:53 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।