काठमाडौं – नेपालका विप्लवलाल श्रेष्ठले नेपाललाई दसौं स्वर्ण दिलाएका छन्। उनले कराँतेको कुमुतेतर्फ ८४ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन्।
श्रेष्ठले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन्। यसअघि भएको सेमिफाइनलमा उनले श्रीलंकाका मागुना गुमारालिंगेलाई ८–० ले पराजित गरेका थिए।