बिहीबार, असार ३२, २०८३

साग महिला क्रिकेट : एकै खेलमा चार विश्व कीर्तिमान

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला क्रिकेटमा चार विश्व कीर्तिमान कायम भएका छन्।
 |  सोमबार, मंसिर १६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १६, २०७६

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला क्रिकेटमा चार विश्व कीर्तिमान कायम भएका छन्।

पोखरा रंगशालास्थित क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न नेपाल र माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमान कायम भएका हुन्।

यी हुन् कायम भएका विश्व कीर्तिमान

उत्कृष्ट बलिङ फिगर

नेपालकी अञ्जली राईले बलिङ फिगरमा कीर्तिमान कायम गरेकी छन्। उनले २.१ ओभरमा रन नखर्चिएर ६ विकेट लिइन्। यसअघि यो कीर्तिमान मलेसियाकी आस अलिसाको नाममा थियो । उनले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिएकी थिइन्।

सबैभन्दा बढी खेलाडी शून्य रनमै आउट

खेलमा माल्दिभ्सका ९ खेलाडी शून्य रनमै आउट भएका छन्। अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा यो कीर्तिमान भएको प्रशिक्षक जगत टमटाको दाबी छ।

सबैभन्दा कम स्कोर

खेलमा माल्दिभ्स १६ रनमै अलआउट भएको छ। यो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एक टिमले बनाएको कम स्कोर हो ।

कम बल खेलेर जित

१७ रनको लक्ष्य पछ्याएको नेपालले ५ बलमै बिना विकेट गुमाएर जित हासिल गर्यो। यो अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सबैभन्दा कम बलमै हासिल गरिएको जित हो।

प्रकाशित: Dec 02, 2019| 10:30 सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।